आजबाट हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले फुटबल प्रतियोगिताको उद्घाटन् गरेको थियो । मुख्यमन्त्री पौडेल कार्यक्रम उद्घाटन गर्दै खेलमा हार जित हुने भएपनि खेलको मर्यादालाई कायम गर्नुपर्ने वताउनुभयो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, फुटबलसंघका बागमती प्रदेश अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर फुटबलसंघका अध्यक्ष टिकाराम लामा, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।

आज भएको उद्घाटन खेलमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ ले वडा नंम्बर १ लाई ४–० गोल अन्तरमा पराजित गरेको छ । वडा नं ११ का लागी ललित चौलागाइले २५ र ३५ औं मिनेटमा गरी व्यक्तिगत २ गोल गरे भने सुमित पराजुलीले २८ र ७२ औं मिनेटमा व्यक्तिगत २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा नं ११ का ललित चौगाई भएका छन । प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैंया, उपविजेताले नगद एकलाख ५० हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैया, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच÷पाँचहजार रुपैंया प्राप्त गर्ने शाहीले जानकारी दिनुभयो ।