बसन्तको ‘मैना’मा बिज्ञान र गरिमाको रोमान्स ( भिडियो )

काठमाडौं- प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘मैना’ डिजिटल बजारमा सार्वजनिक भएको छ।

यस गीतमा स्वर गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको रहेको छ।   गीतमा शब्द संगीत स्वयम्  कालीप्रसाद बाँस्कोटाकै रहेको छ।

युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा  बिज्ञान र गरिमाको गज्जबको  केमेस्ट्री देखिएको छ।

सुरेश पाण्डेको कोरियोग्राफी रहेको यस भिडियोलाई  शंकल भुजेलको छायांकन  गरेका हुन्।  भिडियोमा कृष्ण भण्डारी र ग्लेज इन्टरटेनमेन्टको सम्पादन रहेको छ।  रुपा लामा, माया लामा र विज्ञान निर्माता रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशनमा तयार पारिएको हो।

भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो। यसअघि केहि फिल्म र नाटकको अनुभव बटुलिसकेका कलाकार बिज्ञानले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

https://youtu.be/47VjPyHN-cc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad