यस गीतमा स्वर गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको रहेको छ। गीतमा शब्द संगीत स्वयम् कालीप्रसाद बाँस्कोटाकै रहेको छ।
युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा बिज्ञान र गरिमाको गज्जबको केमेस्ट्री देखिएको छ।
सुरेश पाण्डेको कोरियोग्राफी रहेको यस भिडियोलाई शंकल भुजेलको छायांकन गरेका हुन्। भिडियोमा कृष्ण भण्डारी र ग्लेज इन्टरटेनमेन्टको सम्पादन रहेको छ। रुपा लामा, माया लामा र विज्ञान निर्माता रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशनमा तयार पारिएको हो।
भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो। यसअघि केहि फिल्म र नाटकको अनुभव बटुलिसकेका कलाकार बिज्ञानले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।
https://youtu.be/47VjPyHN-cc