Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षक संगठन बकैया गाउँ समितिको अधिवेशन फाल्गुणमा हुने

Company Register
विस्तारित बैठकपछि सामूहिक तस्वीर लिदै । तस्वीर :सुनिल गौतम

नेपाल राष्ट्रिय शिक्षक संगठन बकैया गाउँ समितिको दोस्रो परिषद् एवम् अधिवेशन फाल्गुण मसान्त सम्ममा हुने भएको छ । जिल्ला समिति अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यता रहेको विस्तारित बैठकमा पालिका अध्यक्ष राधेश्याम राईकोअध्यक्षता रहेको थियो ।

Advertisement

विस्तारित बैठकले राष्ट्रिय समितिको सर्कुलर बमोजिम पालिका तहमा समेत दोस्रो परिषद् तथा अधिवेशन सम्पन्न गर्ने भएको छ । प्रमूख अतिथी दाहालले केन्द्रबाट आएको निर्देशनलाई स्थानीय पालिकासम्म पुर्याउँदै जिल्ला तहको सर्कुलर बमोजिम कार्य गर्न पालिका कमिटीलाई निर्देशन जारी गर्नुभएको हो । दाहालले विस्तारित बैठकमा उठेका सवाल र जिज्ञासालाई पनि संवोधन गर्नुभएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर प्रचार विभाग प्रमूख सुनिल गौतमले आवश्यक सहजीकरण गर्नुभएको विस्तारित बैठकलाई बकैया सचिव बाबु तामाङ्गले सञ्चालन गर्नुभएको हो । कार्यक्रममा शिक्षक संगठन राष्ट्रिय परिषद् पार्षद् भरत सापकोटा, संगठन वागमति प्रदेस प्रतिनिधी उद्धव सापकोटा, जिल्ला सदस्य भावना सापकोटा लगायत ४७ जनाको उपस्थिति रहेको थियो ।

विस्तारित बैठकले फाल्गुण अन्तिम सातासम्म सदस्यता अभिलेखीकरण गर्ने ,सदस्यता नवीकरण तथा अध्यावधिक गर्ने र मसान्तसम्ममा अधिवेशन सम्पन्न गर्ने बैठकको निर्णय भएको छ ।

हेर्नुहोस् तस्वीरहरु:

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...