काठमाडौं – लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि २१७ पदमा करिब ५ सय कर्मचारी मागेको छ।

बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरेको हाे ।

लोकसेवा आयोग अन्तर्गत सुर्खेत, बुटवल, पोखरा, काठमाडौं, जलेश्वर र धनकुटा कार्यालयका तर्फबाट उम्मेदवारका लागि विज्ञापन प्रकाशन गरिएको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिनुपर्नेछ । आयोगकाे सूचनामा सब इञ्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुला गरिएकाे छ ।

लिखित, प्रयोगात्मक र अन्तर्वार्ता गरी तीन किसिमबाट परीक्षा हुनेछ । सूचनाबारे विस्तृत विवरण बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

यसैबीच आयोगकाे वेबसाइटबाट दस्तुर बुझाउन एवं आवेदन दिन सकिने व्यवस्था ल्याइएकाे छ । आयोगको अनलाइन दरखास्त प्रणालीबाट फर्म सबमिट गरेपछि payment ट्याबकाे view applied advertisement मा क्लिक गरी आफूले एप्लाइ गरेको लिस्टमा रहेको “तिर्नुहोस्” लिंकमा क्लिक गर्नुहाेस् ।

त्यसपछि देखिने शर्त मञ्जुर गर्ने Check Box मा टिक लगाउनुहाेस् । त्यसपछि देखिने राष्ट्रिय वाणिज्य बैंक/ग्लोबल आई.एम.ई. बैंक/एन.आइ.सी. एशिया बैंक/कुमारी बैंक मध्ये आफूलाई पायक पर्ने कुनै एक बैंकमा क्लिक गर्नुपर्नेछ ।

सो पश्चात् अनलाइन वा बैंक भौचरमध्ये आफूले भुक्तानी गर्ने कुनै एक विधि छनौट गरिसकेपछि तल दिइएका विकल्पहरुबाट दरखास्त दस्तुर बुझाउन सकिनेछ ।

अनलाइन माध्यमबाट दरखास्त पेश गर्नुभएकाे छ भने तपाईंले प्राप्त गरेको Master ID र कारोबार संकेत नम्बर उल्लेख भएको भौचर सहित ढिलोमा दोब्बर दस्तुर तिरी दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समयभित्र (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन) तोकिएको परीक्षा दस्तुर/दोब्बर दस्तुर अनिवार्य रुपमा बुझाइ सक्नुपर्नेछ ।

अनलाइनबाट अपलाेड गर्दा उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा पीडिएफ फर्म्याटमा अपलोड गर्नुपर्नेछ ।

सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी जेपीजी फर्म्याटमा अपलोड गर्नुपर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्त दिने अन्तिम मिति आउँदो फागुन १८ सम्म र दोब्बर दस्तुर बुझाएर फागुन २५ गतेसम्म दरखास्त बुझाउन सकिन्छ ।

Loader Loading…
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [534.77 KB]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू