Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

जनप्रिय मावि को ३९ औं अभिभावक भेला आज सम्पन्न

Company Register

जनप्रिय माध्यामिक विद्यालय हेटौंडा १६ को ३९ औं अभिभावक भेला आज सम्पन्न भएको छ । वागमती प्रदेशका माननीय मुख्यमन्त्री डोरमणि पौडेलको प्रमूख आतिथ्यता तथा जिल्ला समन्वय ससमिति मकवानपुर प्रमूख रघुनाथ खुलालको विशेष आतिथ्यतामा भेला सम्पन्न भएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईले भेलाको अध्यक्षता गर्नुभएको हो ।

Advertisement

भेलाले २०७७ सालको लागि १ करोड ८८ लाख ५० हजार ६ सय ५० बराबरको अनुमानित आय ब्यय विवरण पेश गरेको छ भने भेलाकै अवशरमा प्रमूख अतिथी मुख्यमन्त्री डोरमणि पौडेलज्यू बाट प्राविधिक शिक्षालय भवनको समुद्घाटन समेत गरिएको छ । त्यसैगरी भेलाकै अवशर पारी आफ्ना स्वर्गिय मातापिताको स्मरणमा शिक्षक रत्नहरी अधिकारीले सौजन्य गर्नुभएको आदिकवि भानुभक्त आचार्यको अर्धकँदको शालिक पनि प्रमूख अतिथी पौडेलले अनावरण गर्नुभएको हो ।

भेलामा विद्यालयका प्रधानाध्यापक नवराज अर्यालले विद्यालयको संस्थागत प्रतिवेदन पेश गर्नुभएको थियो भने लेखा ब्यवस्थापक प्रदिप दाहालले गत आर्थिक वर्षको आय-ब्यय विवरण पेश गर्नुभएको थियो । त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष‍ बिरबहादुर बिश्वकर्मा ले सामाजिक परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो ।

भेलालाई संवोधन गर्दै प्रमूख अतिथी पौडेलले शिक्षालाई उत्पादनसंग जोड्न र मूलुकलाई आर्थिक सम्बृद्धितर्फ लैजान विशेष जोड दिनुपर्ने बताउनुभयो । त्यसैगरी विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयलाई तत्काल आवश्यक रहेको थप १ बस उपलब्ध गराउन आफू तयार रहेको बताउनुभयो । विशेष अतिथी रघुनाथ खुलालले जिल्लाकै गौरवका रुपमा रहेको जनप्रिय माविलाई प्राविधिक तर्फको बिएससी एजी संकाय सञ्चालनमा आफूले जोडदार रुपमा पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालय स्थापनाकालमा विद्यालयलाई जग्गा उपलब्ध गराउने ब्यक्तिहरुको स्मरणमा सम्मानस्वरुप मरणोप्रान्त परिवारजन तथा आफन्तलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयका पूर्व प्रधानाध्यापक तथा ब्यवस्थापन समितिका अध्यक्षहरु एवम् बिभिन्न विधामा उत्कृष्ठता हासिल गर्ने शिक्षक तथा विद्यार्थीलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डलले स्वागत गर्नुभएको भेलामा हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, १७ का अध्यक्ष भैरव बहादुर राई, सल्लाहकार रमेशप्रसाद खतिवडा, वासुदेव दंगाल,रामकृष्ण तिवारी, हटिया जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष मदनकुमार दाहाल क्याम्पस प्रमूख विजय नेपाल प्लस टु संयोजक कल्याणकृष्ण प्याकुरेल, अंग्रेजी माध्यम संयोजक कैलश धिताल लगायतकाको उपस्थिती रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...