Comments Add Comment

पत्रकार महासंघ मकवानपुर शाखामा गौतमको प्यानल विजयी

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएको छ । प्रेस युनियन र प्रेस सेन्टरको एलायन्सबाट उम्मेदवार बनेका युनियनका गौतमको प्यानल सहित निर्वाचित भएका छन् । गौतमले प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार बालकृष्ण अधिकारीलाई ४४ मतान्तरले पराजित गरेका हुन् । विजयी भएका गौतमले १०० मत प्राप्त गरे भने चौतारीका अधिकारीले ५६ मत मात्र पाएका छन् । यस्तै, चौतारीका राजन दाहाललाई २८ मतान्तरले पराजित गर्दै एलायन्सका ध्रुव अधिकारी उपाध्यक्षमा विजयी बनेका छन् । विजयी अधिकारीले ९३ र दाहालले ६५ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा एलायन्सकै सरला अधिकारीले चौतारीकी सम्झना रिजाललाई १२ मतको अन्तरमा जितेकी छिन् । अधिकारीले ८५ मत प्राप्त गरिन् भने रिजालले ७३ मत प्राप्त पाइन् । सचिवमा एलायन्सकी शुभलक्ष्मी विश्वकर्माले ३ मतको अन्तरमा चौतारीका रामशरण दुलाललाई हराउँदै विजयी भएकी छिन् ।

विश्वकर्माले ७८ मत प्राप्त गरिन् भने दुलालले ७५ मत प्राप्त गरे । सहसचिव समावेशीमा एलायन्सकी मानवी बानिया विजयी भइन् । चौतारीका रुपकराज कालिराजलाई ६० मतले पछि पार्दै बानियाले चुनाव जितेकी हुन् । बानियाले १०७ मत प्राप्त गर्दा कालिराजले ४७ मत पाए । यस्तै, सहसचिव खुलामा स्वतन्त्रका राज सापकोटालाई २३ मतले र अर्का उम्मेदवार चौतारीका देवराज पन्तलाई २५ मतले हराउँदै एलायन्सका एमपी शर्मा विजयी भएका छन् । विजयी भएका शर्माले ६८, सापकोटाले ४५ र पन्तले ४३ मत प्राप्त गरेका हुन् । यस्तै, सदस्यहरुमा सृजना नेपाल १०४, बलराम पुडासैनी ९५, प्रदिप अधिकारी ९१, विजय पौडेल ८६, अर्जुन सन्जेल ६५, उज्ज्वल अधिकारी ६४ र नवीन तिमल्सिना ६१ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, सदस्य महिलामा रुपा गुरुङ ७९, सदस्य आदिवासी जनजातिमा नवराज वाइवा ९१, सदस्य मधेसीमा आदित्य कर्ण ७६ मत पाउँदै विजयी भएका छन् । सदस्य दलितमा शान्ति सुनार निर्विरोध निर्वाचित भएकी छिन् ।

त्यस्तै केन्द्रिय परिषद सदस्यमा राजन दाहाल (खुसराज) र भानुभक्त आचार्य निर्वाचित भएका छन् । दाहालले ९२ मत र आचार्यले ८८ मत ल्याई निर्वाचित भएका हुन । केन्द्रिय महिला सदस्यमा नानीमैया बिष्ट ८२ मत ल्याई निर्वाचित भएका छिन् । त्यसैगरी प्रदेश सदस्यमा गणेशदर्पण अधिकारी , विश्वराम अधिकारी (विवश) , रविन्द्र गौतम , शिव चौलागाई , सुजन ढकाल , सुनिल शिवाकोटी निर्वाचित भएका छन् । प्रदेश परिषद महिला सदस्यमा आरती ढकाल र भावना रिजाल निर्वाचित भएकी छन् । त्यस्तै आदीबासी जनजाती तर्फ प्रदेश सदस्यमा अशोक सुजन श्रेष्ठ र अमर लामा निर्वाचित भएका छन् । महासंघ मकवानपुरका १ सय ६३ सदस्य मध्ये बुधबार भएको निर्वाचनमा १६१ जनाले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर