Comments Add Comment

नेपाल बंग्लादेश बैंकका संस्थागत ग्राहकले अनलाइन भुक्तानी गर्न सक्ने

नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट प्रणाली सुरु गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी यस्तो सेवा थालेको हो ।
दुई पक्षबीच भएको सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंक लिमिटेडका सिनियर म्यानेजर प्रदीप नेपाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे । सम्झौतासँगै बैंकका व्यवसायिक ग्राहकहरुले बैंकमा नगई डिजिटल माध्यमबाट फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाट सजिलै गर्न सक्नेछन् ।
उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस तथा एनसीएचएल आईपीएसमा रियल–टाइम वान रियल टाइममा भुक्तानी कारोबार गर्न सकिनेछ । कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ । स्विकृती लगायतका आवश्यक प्रकृया पुरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिने जनाइएको छ । त्यस पश्चात भने प्रयोगकर्ताहरुले तोकिएको कारोबार सीमा भित्र रहेर कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्नेछन् । तर तोकिएको सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँच गरे पश्चात प्रक्रिया अगाडि बढाउन सकिनेछ ।
यो प्रणालीमा मल्टी लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था प्रयोग गरिएको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र अप्रुभ गर्न ग्राहक आफैंले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताले मात्र पाउने गरी सुरक्षाको व्यवस्था मिलाइएको छ । ग्राहकले आवश्यकता अनुरुप यो प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबार गर्न सक्नेछन् । नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लेटफर्म प्रदान गर्दै आएको छ ।
कर्पोरेट पेको सुरुवातले व्यवसायिक ग्राहकहरुलाई पनि डिजिटल मुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने बैंकको विश्वास छ । यो प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगेरै विभिन्न भुक्तानी अनलाइनबाटै गर्न सकिने हुँदा व्यवसायिक ग्राहकहरुलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर