काठमाडौं  – सुनको भाउ मंगलबार प्रोतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ८०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँ निर्धारण भएको थियो ।