सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्धन गर्ने उदेश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए । त्यहिँ गीतलाई पुनः मिक्स गरेर उमेशको शब्द र सङ्गीतमा गायक रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा ल्याइएको छ । गीतका शब्दहरुमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ ।

साथै, भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ । भिडियोलाई जीवन्त बनाउन उमेशले कलाकारहरुको टोलिलाई नै इनरुवा उतारेर छायाँकन गराएका थिए । भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका रिमा विश्वकर्माले अभिनय गरेका छन् । युवराज वाईवाको निर्देशन रहेको भिडियोको छायाँकन निलास पौडेलले र सम्पादन विकास दाहालले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू