यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

बिहिबार थपिए ३ हजार ५१ जना कोरोना संक्रमित, ३ हजार ४ सय ३० जना डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८५ हजार ९७४ जना पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।
यता, पछिल्लो २४ घण्टामा ३४ सय ३० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १ हजार ५२ जना पुगेको छ ।