मकवानपुरमा बिहिवार बिहान ५१ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा – १० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा कात्र्तिक १९ गते (हिजो) संकलन गरिएको १०३ जनाको स्वाबमा ५१ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुने मध्य २८ महिला र २३ पुरुष रहेका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रका धेरै जसो संक्रमित थपिएका छन् भने भिमफेदी , मकवानपुरगढी र जिल्ला बाहिरका रहेका छन् ।

20201105_041656-1604529356.jpg