Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

किरण भुजेलको ‘बरीलै’ सार्वजनिक (भिडियोसहित)

Company Register

चर्चित रियालिटी शो ‘नेपाल आइडल’का सेकेन्डर रनरअप किरणकुमार भुजेलको नयाँ गीत सार्वजनिक भएको छ । तेस्रो सिजनको नेपाल आइडलका फाइनालिस्ट भुजेलको ‘बरीलै’ बोलको गीत बिहीबार युटुबमार्फत सार्वजनिक भएको हो ।

Advertisement

आफ्नै युटुब च्यानलमार्फत किरणले सो रोमान्टिक म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । किरणको आवाज रहेको गीतमा शंकर थापाको संगीत तथा उदयराज पौडेलको एरेन्ज रहेको छ । गीतमा डीपी खनालको शब्द रचना रहेको छ ।

भिडियोतर्फ नायक पल शाह र जुना सुन्दासको नृत्य देख्न सकिन्छ । पल र जुनालाई नेपाली ठिटोको टिमले नृत्यमा साथ दिएको छ ।

सुनिल क्षेत्री तथा नेपाली ठिटोको टिमको कोरियोग्राफीमा बनेको सो भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । भिडियो सम्पादन भने शिलन लम्सालको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...