Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

जेय अथर र आइजेनको ‘मैच्यांग’मा प्रियंका

Company Register

गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक गरिएको छ। हालै काठमाण्डौको नाईट क्लब फरेनहाईटमा उक्त गीत सार्वजनिक गरिएको हो। उक्त गीत यूट्यूबाट समेत सार्वजनिक गरिएको छ।

Advertisement

‘मैच्यांग’ शिर्षकको गीतमा जेय र आइजेनको साथमा नायिका प्रियंका कार्की प्रस्तुत भएकी छिन्। गीतको भिडियोलाई सुयोग गुरुंगले निर्देशन, सम्पादन तथा कलर ग्रेडिंग गरेका छन्। सुयोगले यसअघि सिनेमा ‘सानो मन’ निर्देशन गरेका थिए भने उनले केहि टिभि कमर्सियल पनि बनाएका छन्।

केहि पुराना गीतहरुलाई समेत फ्यूजन गरिएको यो गीत सार्वजनिक भएसँगै चर्चा पाईरहेको छ। गीतलाई जेय र आइजनले संयुक्त लेखेका हुन्। यसअघि उनिहरुको गीत ‘टाइम छैन’ चर्चित बनेको थियो, जसलाई हाल सम्म यूट्यूबमा मात्र करिव ९३ लाख भन्दा बढी पटक हेरिएको छ ।


अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...