यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

फ्रान्सले गर्यो फेरी लकडाउन


फ्रान्समा फेरि लकडाउन भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो वर्ष दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन भएको थियो । त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो । पछिल्लो समय महामारीको दोस्रो लहरबाट प्रभावित भएको फ्रान्सका राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शुक्रबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरेका हुन् ।

Advertisement
यो पटकको लकडाउन कम्तीमा नोभेम्बरको अन्त्यसम्म कायम रहने छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु पनि खुला हुने छन् । फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या अप्रिल यताकै धेरै भएको छ । दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन् । जर्मनीले पनि आपतकालीन रुपमा लकडाउन लागु गर्ने भएको छ । तर त्यहाँको लकडाउन फ्रान्सको भन्दा खुकुलो हुनेछ । फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारमा त्यसको सीधै प्रभाव देखिन थालेको छ ।