पाकिस्तानमा कार्यक्रम गरेपछी मिका सिंहलाई भारतमा प्रतिबन्ध

अनलाइन पत्र संवाददाता२०७६-०४-३१ No Comments

वर्षौँ देखी चिसो रहेको भारत पाकिस्तानको सम्बन्ध यति बेला झन् कठोर भएको छ । भन्न त भनिन्छ नि कलाकारको कुनै देश हुँदैन कुनै भूभागले कलाकारलाई विभाजन गर्न सक्दैन । तर यो केबल दर्शनमा सीमित हुने गर्छ । यति बेला जम्मू कश्मीरको मुद्दालाई लिएर भारत पाकिस्तान बिचको विवादले अर्कै रूप लिइरहेको छ । यसैबिच भारतीय चर्चित गायक मिका सिंहले पाकिस्तानमा साङ्गीतिक कार्यक्रम गरेको भन्दै अल इन्डियन सिने वोर्कर एसोसिएसनले उनीमाथि प्रतिबन्ध लगाउँदै बहिष्कार गर्ने घोषणा गरेको गरेको छ ।

प्रतिबन्ध सँगै मिकालाई भारतमा कुनै प्रकारको परफर्मेन्स, रेकर्डिङ, प्ले ब्याक सिंगिङ र एक्टिङमा समेत रोक लगाइएको छ । मिकाले कराचिमा जनरल परवेश मुखर्जिका एक आफन्त कहाँ एक फङसनमा प्रस्तुति दिएका थिए । एसोसिएसनले मिकाले कतै पनि काम गर्न नपाउने र कुनै पनि कलाकारले उनीसँग काम गरेमा कारबाही समेत हुने विज्ञप्तिमा जनाएको छ ।

Ad
Ad