बलिउड अभिनेता अर्जुन रामपालको गर्लफ्रेंड गेब्रिएलाको १८ जुलाईमा छोरा जन्मिएको थियो । अर्जुन र गेब्रिएला एक वर्ष यता एक अर्काको प्रेममा थिए । छोराको जन्मसँगै यी दुई निकै नै खुसी देखिन्छन् । गेब्रिएलाले इन्स्टामा छोरालाई बोकेको फोटो सेयर गरेकी छिन् । थाकेको भए पनी खुसी छु भन्ने आशयको क्याप्सन राख्दै इन्स्टा स्टोरीमा तस्बिर सेयर गरेकी हुन् । केही दिन अघि अर्जुनले पनि भर्खर जन्मिएको छोराको हात समातेको तस्बिर सार्वजनिक गरेका थिए । अघिल्ली श्रीमतीका तर्फबाट अर्जुनका दुई छोरी छन् उनीहरू दुवै गेब्रिएलाको डेलिभरीको खबर सुन्नासाथ अस्पताल पुगेका थिए । रामपालको पछिल्लो फिल्म ‘पल्टन’ हो जसले बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भएन । उनको आगामी फिल्म नास्तिक हो ।