
आगामी अगस्ट १५ बाट विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको अक्षय कुमार अभिनीत चलचित्र ‘मिसन मङ्गल’को चर्चा यति बेला बलिउड लगायतका मिडियामा छाइरहेको छ । केही दिन अघि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । जसलाई दर्शकले निकै रुचाइरहेका छन् । यसै बिच अक्षय कुमारले आफ्नो नयाँ चलचित्रको फर्स्ट लुक सार्वजनिक गरेका छन् । चलचित्र ‘बच्चन पाण्डे’को निर्माण घोषणासँगै अक्षयले आफ्नो फर्स्ट लुक सार्वजनिक गरेका हुन् । चलचित्र २०२० को क्रिसमसमा रिलिज हुने पनि पक्का भएको छ । यसै मितिमा अर्का बलिउड स्टार आमिर खान र करिना कपुर स्टारर चलचित्र ’लालसिंह चड्ढा’ रिलिज हुने घोषणा भइसकेको छ । अब बलिउडका दुई आक्रामक अभिनेताका चलचित्र बक्स अफिसमा एकसाथ भिड्ने भएका छन् । दुवै चलचित्र निकै प्रतीक्षित हुनेमा त शङ्का छैन नै साथमा यो भिडन्त निकै रोचक हुने देखिन्छ ।
Tags
No tags
About the Author
Related Articles
‘ब्ल्याक प्यान्थर’बाट चर्चित अभिनेता बोसम्यानको निधन
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






