एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाको मृत्यु भएको भएको छ । सिन्हाको ७१ वर्षको उमेरमा मृत्यु भएको हो ।

मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा उनले अन्तिम शास फेरेकी हुन् ।

विद्याले छोटी बात, रजनीगन्धा, तुम्हारे लिए, पति पत्नी और वो, मुक्ति, इनकार, स्वयंबर, मगरुर और सफेद झुट जस्ता कयो फिल्ममा अभिनय गरेकी छिन् ।

उनी लंग्स तथा कार्डिएक डिस्अडरको समस्याबाट पिडित थिइन् । गत साता उनको हालत निकै बिग्रिएको थियो ।