
बलिउडमा तीन खान अर्थात् साहरूख खान र सलमान खान र आमिर खान एक अर्कासँग दाँजोमा न आउने र आजसम्म एउटै स्क्रीनमा यी तीन नदेखिएका स्टारहरू हुन् । यिनीहरूका फ्यानहरूको धेरै ठुलो इच्छा पनि छ एकसाथ एउटै चलचित्रमा काम गरेको हेर्ने तर आजसम्म एउटै चलचित्रमा अभिनय गराउने कुनै पनि निर्देशकको प्रयास सफल भएको छैन । यति बेला यी तीनलाई एउटै पर्दामा देखिने भएको छ । भारतमा बढ्दो जलसंकटको समाधान खोजीका लागि भारत सरकारद्वारा निकट भविष्यमा चलाइने एउटा बृहत् अभियानसम्बन्धी वृत्तचित्रमा यी तीनै खान सँगै देखिन लागेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो महत्त्वपूर्ण अभियानलाई सफल बनाउन यी तीन खान एक साथ देखिने भएका हुन् । भारतका विभिन्न भाषामा फरक–फरक स्क्रिप्टमा निर्माण गरिने तीन वृत्तचित्रमा अभिनयका लागि तीनै खानलाई भारतका केन्द्रीय जल शक्ति मन्त्री गजेन्द्रसिंह सेखावतले प्रस्ताव गरेका थिए ।
जसमा तीनै खान सकारात्मक रहेको बताइएको छ । राष्ट्रिय अभियानलाई गन्तव्यमा पुर्याउनु जस्तो जिम्मेवारी पूर्ण काममा सकारात्मक हुनु पक्कै पनि एक कलाकारको लागी गौरवको कुरा हो जसमा पछाडि नहट्नु कलाकारको देश प्रतिको सम्मान र प्रेम नै हो ।
Tags
No tags
About the Author
Related Articles
‘ब्ल्याक प्यान्थर’बाट चर्चित अभिनेता बोसम्यानको निधन
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






