
काठमाडौं – जेम्स बोन्डको रोल निभाएका चर्चित हलिउड अभिनेता सीन कन्नेरीको निधन भएको छ । उनको ९० वर्षको उमेरमा निधन भएको छ ।
यो जानकारी उनको परिवारले दिएको हो । राती सुतेको अवस्थामा उनको निधन भएको हो । उनी यसै वर्षको अगस्टामा ९० वर्षका भएका थिए । उनले स्क्रिनमा पहिलोपटक जेम्स बोन्डको भूमिका निभाएका थिए । उनले ७ फिल्ममा बोन्डको रोल निभाएका थिए ।
१४ वर्षको उमेरमा स्कुल छाडेका कन्नेरी मोडलिङ, नाटक र टेलिभिजन शृंखला हुँदै ठुलो पर्दामा पुगेका थिए। बडि बिल्डिङ सिकेर मिस्टर युनिभर्समा समेत सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




