Comments Add Comment

यो साता ‘न यता न उता’ र ‘रातो गलबन्दी’ हलमा एकसाथ प्रदर्शनमा

यो साता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘न यता न उता’ र ‘रातो गलबन्दी’ आज साउन १७ बाट एकसाथ प्रदर्शनमा आएका हुन् ।
कमेडी फिल्म ‘न यता न उता’को बिहिबार ग्याण्ड प्रिमियर आयोजना गरिएको थियो । यो फिल्मलाई मिराज रोश र विशारद बस्नेतले संयुतm रुपमा निर्देशन गरेका छन् । फिल्ममा समिर दिक्षित, मिराज रोश, ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा, रविन्द्र झा, विशारद बस्नेत, लुनिभा तुलाधर, अन्ना देउजा, सागर ढकाल, पवन ढकाल, जयानन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । कथा लेखन मिराज रोशको रहेको छ भने संवाद अभिमन्य निरावीको रहेको छ । यो फिल्मलाई रिना लामाले निर्माण गरेकी हुन् ।

लभ स्टोरी फिल्म ‘रातो गलबन्दी’मा केकी अधिकारी र कोशिस क्षेत्रीको मुख्य भुमिका रहेको छ । केकी र कोशिससँगै अर्जुन गुरुङ, हेमन्त बुढाथोकी, सम्राट थापा लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मलाई अनिश थापाले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर