गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ढोकै खुलेनको भिडियो सार्वजनिक भएको छ । गायक शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा गायक शिवाकोटीलाई गायिका सरु गौतमले स्वरमा साथ दिएकी छिन् । एक प्रेमील जोडीको प्रेमको रमाइलो किस्सालाई भिडियोमा कलात्मक शैलिमा देखाइएको छ । जसमा टिकटकबाट चर्चा कमाएकी मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियोको छायांकन चक्र बहादुर बरालले गरेका हुन् । सिलन लम्सालको सम्पादन र कलर रहेको गीतको भिडियोलाई गायक सुवास पुरीले प्रस्तुत गरेका हुन् । गायक पुरीका कुरा काट्ने मान्छेले काटुन, मन बुढो भएन लगायतका गीतहरु चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू