नवल नेपालले निर्देशन गरेको फिल्म ‘मारुनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार नायक पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङलाई देखाइएको छ । अर्काे पोस्टरमा पुष्प र साम्राज्ञीलाई प्रस्तुत गरिएको छ ।

‘न यता न उता’
कमेडी फिल्म ‘न यता न उता’को बिहिबार ग्याण्ड प्रिमियर आयोजना गरिएको थियो । यो फिल्मलाई मिराज रोश र विशारद बस्नेतले संयुतm रुपमा निर्देशन गरेका छन् । फिल्ममा समिर दिक्षित, मिराज रोश, ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा, रविन्द्र झा, विशारद बस्नेत, लुनिभा तुलाधर, अन्ना देउजा, सागर ढकाल, पवन ढकाल, जयानन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । कथा लेखन मिराज रोशको रहेको छ भने संवाद अभिमन्य निरावीको रहेको छ । यो फिल्मलाई रिना लामाले निर्माण गरेकी हुन् ।

‘रातो गलबन्दी’
लभ स्टोरी फिल्म ‘रातो गलबन्दी’मा केकी अधिकारी र कोशिस क्षेत्रीको मुख्य भुमिका रहेको छ । केकी र कोशिससँगै अर्जुन गुरुङ, हेमन्त बुढाथोकी, सम्राट थापा लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मलाई अनिश थापाले निर्देशन गरेका हुन् ।