2025-12-10 2:11 am

भदौ २७ गते फिल्म ‘छ माया छपक्कै’ रिलिज गर्ने

Photo Source : Cine Hub Nepal

फिल्म ‘छ माया छपक्कै’ टिमले नयाँ प्रदर्शन मिति तय गरेको छ । टिमले दर्शन मिति दशैंबाट हटेर भदौ २७ गते फिल्म रिलिज गर्ने निर्णय निर्माता दिपकराज गिरी र रोहित अधिकारीको समुहले गरेका छन् ।

यद्पी ‘कबड्डी कबड्डी कबड्डी’ टिमले समन्वय गरे भदौ २७ को प्रदर्शन मिति पनि हेरफेर हुन सक्ने निर्माता दिपकराज गिरीले बताए । ‘कबड्डी टिम छलफलमा आएर एक खालको समहती भयो भने हामी असोज १० या अर्को मितिमा पनि जान सक्छौं’, निर्माता गिरीको भनाई छ । तर कुनै प्रकारको समन्वय नभए भदौ २७ को विकल्प नभएको उनले बताए ।
भदौ १३ गते प्रदर्शन मिति तोकेको ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ मा पुग्दा छ माया छपक्कै र रातो टिका निधारमाको प्रदर्शन पात्रो डामाडोल हुन गएको हो । निर्माता अशोक शर्माले अहिलेसम्म ‘रातो टिका निधारमा’ को प्रदर्शन मिति तय गरेका छैनन् भने दिपकराज उचित मितिको पर्खाइमै छन् । के अब ‘कबड्डी ३’ समुहले अन्य निर्मातासँग समन्वय गरेर अगाडी बढ्ला त ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad