काठमाडौं – तीजको माहोलसँगै नयाँ-नयाँ गीत सार्वजनिक भइरहेका छन्। यसै क्रममा गायिका पेमा शेर्पा राईले आफ्नो नयाँ तीज गीत ‘छम्म छम्म नाच्ने हो कम्मर भाच्ने हो’ सार्वजनिक गरेकी छन्।

गीतमा पेमा शेर्पासँगै निशा राई र पवित्रा गुरुङले स्वर दिएका छन्। यस गीतका शब्द श्यामकुमार बानियाँले लेखेका हुन् भने संगीत ओम प्रकाश राईले भरेका छन्।

भिडियोमा सञ्जु मोक्तान, मन्दिरा शिवाकोटी, अमिषा रिसाल, अनिता केसी, दुर्गा घिमिरे, कल्पना मगर, दिप्ती महत, कञ्चन गुरुङ, मञ्जिला शिव, अब्जिला चौधरी, राज रुम्बा र अन्जल शाहको अभिनय तथा नृत्य समावेश छ।

गीतको भिडियो छायांकन अरुण न्यौपानेले गरेका हुन्। सम्पादन ओम प्रसाईले गरेका छन् भने कोरियोग्राफी नवराज बस्नेत र निर्देशन ओम प्रकाश राईले गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू