Coronavirus COVID-19

सानिमा लाइफले गरायो आफ्ना कर्मचारीहरुको कोरोना बीमा

[Ads]

काठमाडौं – सानिमा लाइफले कोरोन, कोभिड–१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई रु. १ लाखको बीमालेख प्रदान गरेको छ ।

अहिलेको अप्ठयारो परिस्थितिमा सानिमा लाइफले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गराएको हो । उक्त बीमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुको सानिमा जनरल इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको हो ।

बीमा समितिद्वारा कोरोना भाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमालेख जारी भएपछि सानिमा लाइफले आफ्ना  कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ ।

यस बीमालेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ ।

सम्बन्धित शीर्षक

Leave A Reply

Your email address will not be published.