सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

अनलाइन पत्र संवाददाता२०८१-१०-११ No Comments

आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार ६ सय रुपैयाँमा रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ रहेको थियो ।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad