Coronavirus COVID-19

नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु

[Ads]

अर्घाखाँची – नेपालमा कोरोना भाइरस (कोभिड–१९)काे संक्रमणबाट छैटौं व्यक्तिको मृत्यु भएको छ। भारतबाट फर्कंदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो।

गत जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का एक जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा गरिएकाे परिक्षणमा देखिएका कारण कोरोनाबाट मृत्यु भएको संख्यामा समावेश गरिएको बताए। भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनको रिपोर्ट आएको थियो। 
 
नेपालमा यसअघि काेराेनाकाे संक्रमणबाट सिन्धुपाल्चोक, बारा, ललितपुर, गुल्मी, र बाँकेका एक-एक जनाकाे मृत्यु भईसकेकाे छ।

सम्बन्धित शीर्षक

Leave A Reply

Your email address will not be published.