Comments Add Comment

पाथीभरा माताको दर्शन गर्दै ! हेर्नुहोस् ,२०७७ जेठ १७ गते को तपाइको राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ १७ गते शनिवार । इ.सं. 30 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० तछलाथ्वप्रमादीउत्तरायण । ग्रीष्म ऋृतु ज्येष्ठ शुक्लपक्षतिथि अष्टमी , १७:०८ बजे उप्रान्त नवमी । नक्षत्र पूर्वफाल्गुनी , २६:२६ बजे उप्रान्त उत्तरफाल्गुनी । योग हर्षण , १७:४१ बजे उप्रान्त वज्र । करण भद्रा ०६:१३ बजेदेखि वव , १७:०८ बजे उप्रान्त गर । चन्द्रराशि सिंह  । आनन्दादी योग लुम्ब । दिनमान ३४ घडी १५ पला । सूर्योदय ०५: ११ बजे । सूर्यास्त बेलुका १८: ५२ बजे ।

अष्टमी व्रत। गोरखकाली पूजा। वायु अष्टमी।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।    

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । माइलो यात्राको योग रहेको छ ।    

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।            

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र मनोबल उच्च रहनेछ ।   

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघी बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज यात्रा नगरेकै जाती हुन्छ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचारपनि सुन्न पाइएला । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर