आजको पञ्चाङ्ग

बि.सं. २०७७ साउन  २० गते मंगलवार । इ.सं. 04 August 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० गुँलाथ्व । प्रमादी । दक्षिणायन । वर्षा ऋृतु । भाद्र कृष्णपक्ष। तिथि प्रतिपदा , २०:५० बजे उप्रान्त द्वितीया। नक्षत्र श्रवण , ०८:२० बजे उप्रान्त धनिष्ठा। योग आयुष्मान् , ०६:५३ बजे उप्रान्त सौभाग्य। करण वालव ०८:३९ बजेदेखि कौलव , २०:५० बजे उप्रान्त वणिज। चन्द्रराशि मकर । आनन्दादी योग लुम्ब। दिनमान ३३ घडी १९ पला । सूर्योदय ०५:२९ बजे । सूर्यास्त बेलुका १८:४९ बजे ।

गाईजात्रा (सापारु)। धनिष्ठा पञ्चक २०:५१ बजे प्रारम्भ। द्विपुष्कर योग २०:५० बजेपछि।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बौद्धिक काममा सफलता मिल्ने र मन प्रसन्न रहनेछ । लाभदायक यात्रापनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

राजनैतिक कार्यमा बाधा आउने र स्वास्थ्यमा समस्या आउन सक्छ । फलदायी यात्रा पनि नहोला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज मंगल कार्यको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्र राम्रै रहला । आतिथ्यपूर्ण सम्मान पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज अधुरो काम पूरा होला । पारिवारिक सुखले प्रफुल्लित भइनेछ । कृषि कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।