काठमाडौं – सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । यसैक्रममा मंगलबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ७६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । चाँदी भाउ पनि अहिलेसम्मकै उच्च अर्थात १२ सय ४५ रुपैयाँ पुगेको छ ।
सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ६० रुपैयाँ निर्धारण भएको थियो । चाँदी प्रतितोला १२ सय १० रुपैयाँ पुगेको थियो । सुन चाँदी व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि लगातार वृद्धि भइरहेको बताएका छन् । सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।