Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

फेसबुकका कर्मचारीलाई कोरोना संक्रमण , कार्यालय बन्द गरिने

Company Register

सामाजिक सञ्जाल फेसबुकको अमेरिकास्थित कार्यालयका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै केही दिनका लागि कार्यालय बन्द हुने भएको छ । अमेरिकाको वासिंटन राज्यको शियाटलमा रहेको फेसबुकको कार्यालयमा काम गर्ने एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । ती कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएसँगै अन्य कर्मचारीलाई घरबाटै काम गर्न सुझाइएको छ ।

Advertisement

हालसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये १० जना वासिंटन राज्यका र एकजना क्यालिफोर्नियाका रहेका छन् । अहिलेसम्म अमेरिकामा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै क्यालिफोर्नियामा ५७ जनामा संक्रमण देखिएको छ भने वासिंटन राज्यमा ४३ जनामा संक्रमण देखिएको छ । हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने मानिसको संख्या ३ हजार २ सय ८५ पुगेको छ। ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...