Comments Add Comment

कुलेखानी-फाखेल सडक खण्ड ९ दिनका लागि बन्द

हेटौंडा –  हेटौंडा भएर काठमाडौं जाने छोटो दुरीको रुपमा रहेको कुलेखानी-फाखेल सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ। 

असोज ३ गतेबाट ११ गते सम्म फाखेल हुमाने सडक खण्ड पुर्ण रुपमा बन्द हुने भएको हो । साउन, भदौमा गरेको पहिरोले सडक खण्डमा भत्काएपछि  मर्मत सम्भारका लागि बन्द गरिएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चाडवाड लागैसंगै सडकमा सवारी चाप बढने र त्यसको संभावनालाई मध्येनजर गरी सडकमा भएको पहिरो पन्छाउनु पर्ने भएकाले सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ ।

सडक खण्ड बन्द भएसँगै उक्त मार्ग भएर काठमाडौं जाने सवारीले बैकल्पिक बाटो भएर काठमाडौं जानु पर्ने छ। मर्मतका लागि केही दिन बन्द भएको हेटौँडा–सिस्नेरी–दक्षिणकाली सडक भने सुचारु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर