Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कम्प्युटर प्रसेसर उत्पादक कम्पनी एएमडी र झिलिङ्स एक हुने

Company Register

क्यालिफोर्निया – कम्प्युटर प्रसेसर उत्पादक कम्पनी एएमडीले झिलिङस नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ । यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तिब्र हुने अनुमान गरिएको छ । झिलिङ्सलाई एएमडीमा गाभेसँगै यसको सेयर बजारको अनुपात पनि टुंगो लागेको छ । अब एएमडीकोे सेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिङ्सको करिब २६ प्रतिशत हुनेछ । एएमडीले उत्पादन गरेका प्रसेसर टेक्नोलोजीहरु सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर सञ्चालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ । 

Advertisement

झिलिङ्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर संचालनमा थप प्रगति हुने विश्वास व्यक्त गरे । एएमडीका प्रमुख कार्यकारी डा लिसा सू ले संयुक्त कम्पनीको प्रमुख कार्यकारीका रुपमा जिम्मेवारी सम्हाल्ने भएका छन् । पेङ भने एएमडीको अध्यक्ष रहनेछन् र झिलिङ्स तर्फको व्यवसाय र रणनीतिक वृद्धिका बारेमा नेतृत्व लिनु हुनेछ । यो सम्झौतालाई अर्को वर्षको अन्त्यसम्ममा पूर्ण कार्यान्वयन भइसक्ने छ । यो सम्झौतालाई दुबै कम्पनीका सेयरधनीहरुले अनुमोदन गर्नु पर्नेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...