मौसम अपडेट : आज सामान्यताय माैसम सफा रहने

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

हाल प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशका पहाडी भू/भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाकाे भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad