आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ। सोमबार उद्योग तथा वाणिज्य मन्त्रालयका प्रतिनिधिहरू र किसानहरूबीच चार बुँदे सहमति भएको मन्त्रालयका प्रवक्ता तथा नारायणप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार सहमति भएसँगै मंगलबारदेखि धर्ना र आन्दोलन पनि रोकिएको छ। भुक्तानी दिन बाँकी चिनी मिलहरूले अबका २१ दिनभित्र किसानको सबै पैसा दिने सहमति भएको हो।

यदि भुक्तान नगरेमा चिनी मिलहरूलाई कारबाही गर्ने पनि सहमति भएको छ। यसका साथै भुक्तानी र अनुदान रकम फरक परेका लगायत विषय तथा समस्या समाधानका लागि समिति गठन गरिने पनि सहमति भएको रेग्मीले जानकारी दिए। किसानहरूले पनि सहमति भएसँगै मंगलबारै घर फर्किने तयारी गरेको उनले जानकारी दिए।