राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शिक्षण सिकाइमा प्रविधिको प्रयोग सम्बन्धी प्रशिक्षण गर्दै आइरहनु भएका मकवानपुर जिल्लाका शिक्षक विवश थापा नेपालबाट टिचर अवार्ड २०२० का लागि छनौट भएका छन्।

विश्वका ११० देशहरूबाट सबै भन्दा उत्कृष्ट शिक्षकहरूको सहभागी र तिनका विद्यार्थीहरूको व्यावसायिक उपलब्धिहरू, सक्रिय सामाजिक स्थिति, नवीन शिक्षण विधिहरूको प्रयोग, आधुनिक प्रविधि, शैक्षिक अनुभवको सामान्यीकरण, विश्व समुदायका नागरिकहरूको शिक्षामा योगदान, र समस्या समाधान गर्नमा केन्द्रित , सिकाइमा नवप्रबर्तन् कार्य गरेबापत मेरिट लिष्ट का आधारमा प्रशिक्षक थापा छनोट भएका हुन्।

बन्दा बन्दीको कारण भर्चुअल सम्मलेन मार्फत छनोट भएका शिक्षकहरूलाई अवार्ड र सम्मानपत्र प्रदान गरिने र पछि कुरियर मार्फत अवार्ड र सम्मानपत्र प्रदान कार्यक्रम रहेको छ। मकवानपुर जिल्लामा रही शैक्षिक तालिम केन्द्र धुलिखेल ,नेपाल इंग्लिश ल्याङ्वेज एशोसिएसन र विभिन्न संघ संस्था मार्फत विगत लामो समय देखि राष्ट्रिय स्तरमा प्रशिक्षण दिईरहनु भएको प्रशिक्षक थापाले विद्यालय स्तरमा पनि विविध क्रियाकलापहरु संचालन गरिरहनु भएको छ।

लक डाउनमा पनि प्रविधिको प्रयोग सम्बन्धी सिक्न र सिकाउन ब्यस्त रहेका थापा तिस राष्ट्र भन्दा बढी राष्ट्रहरूमा पनि प्रमुख प्रयोग हुने विविध वेब टुल्स र सिकाइ व्यवस्थापन प्रणाली सम्बन्धी तालिम र विद्यार्थीहरुलाई पनि उनीहरूको रुचि , इच्छा अनुसार प्रयोग हुने विविध टुल्स र कोर्सहरु को बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिएको कारण र दर्जन भन्दा बढी वेव टुल्स को एम्ब्यासडर रहेकै कारण आफू ग्लोबल टिचर अवार्डमा छनोट भएको बताउनु भयो ।