काठमाडौं । सरकारले इन्टरनेट सेवामा लाग्दै आएको दूरसञ्चार सेवा शूल्कमा छूट दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

मन्त्री खतिवडाका अनुसार इन्टरनेट सेवाप्रदायकले दिने फिक्स ब्रोडब्याण्ड इन्टरनेटमा ५० प्रतिशत सम्मको मर्मत सम्भार शूल्कमा दूरसञ्चार सेवा दस्तुर छूट दिइने छ । गत वर्षको बजेट मार्फत टेलिफोन सेवामा ११ प्रतिशत र इन्टरनेट सेवामा शून्य रहेको दूरसञ्चार सेवा शूल्क १३ प्रतिशत पुर्‍याइएको थियो ।