Menu

टेलिकमको फोरजी प्रवर्द्धन अभियान

३ मंसिर, काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न सहरमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । २० कात्तिकमा विर्तामोडबाट सुरु भएको अभियानको पहिलो चरण ४ मंसिरमा पोखराको अमरसिंह मैदानमा सम्पन्न हुँदै छ । 

विभिन्न कलाकारको संगीतिक प्रस्तुतिका साथै निःशुल्क फोरजी सिम

अभियानअन्तर्गत हालसम्म मागबमोजिम फोरजी सिम वितरण गरिनुका साथै टुजी/थ्रीजीबाट फोरजीमा स्तरोन्नतिसमेत गरिएको टेलिकमले जनाएको छ । बिर्तामोड, वीरगन्ज, भरतपुर, नेपालगन्ज, सुर्खेत र महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सिम वितरणका साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार  प्रवर्द्धन  भएको कम्पनीको भनाइ छ । कार्यक्रमको अवसरमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकलाई फोरजी सेवामा स्तरोन्नति गर्दा २ सय एमबी डाटा बोनससहित निःशुल्क फोरजी सिम  उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।  

ग्राहकहरूले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेस गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका प्रमुख सहरमा प्रतिष्ठित कलाकारको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरंग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचार–­प्रसार तथा व्यापार प्रवद्र्धन गरिएको छ । प्रमुख आकर्षण नायक राजेश हमाल रहेको कार्यक्रममा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायत कलाकारले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् । यस प्रकारको अभियान तथा कार्यक्रम देशका अन्य भागमा पनि निरन्तर गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad