नेपाल राष्ट्रिय शिक्षक संगठन मनहरी र राक्सीराङ्ग गाउँ समितिको दोस्रो परिषद् एवम् अधिवेशन सम्पन्न हुने भएको छ । मनहरी गाउँ समितिको फल्गुण २९ गते शनिवार अधिवेशनको मिति तय भएको छ भने राक्सिराङ्ग गाउँ समितिको चैत्र ७ गते हुने  अधिवेशन भएको हो ।

 

राक्सिराङ्ग गाउँ समितिको आज बसेको बैठकले दोस्रो अधिवेशनको मिति तय गरेको हो ।  जिल्ला  अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यता तथा हेटौंडा नगर समिति अध्यक्ष मुकुन्द न्यौपानेको विशेष आतिथ्यता रहेको विस्तारित बैठकमा पालिका अध्यक्ष श्री बहादुर ब्लोनको अध्यक्षता रहेको थियो ।

 

मनहरी गाउँ समिति भनेको शुक्रवार सम्पन्न बैठकले मनहरीको मिति तय गरेको हो ।

 

विस्तारित बैठकले राष्ट्रिय समितिको सर्कुलर बमोजिम पालिका तहमा समेत दोस्रो परिषद् तथा अधिवेशन सम्पन्न गर्ने भएको छ । प्रमूख अतिथी दाहालले केन्द्रबाट आएको निर्देशनलाई स्थानीय पालिकासम्म पुर्याउँदै जिल्ला तहको सर्कुलर बमोजिम कार्य गर्न पालिका कमिटीलाई निर्देशन जारी गर्नुभएको हो । दाहालले विस्तारित बैठकमा उठेका सवाल र जिज्ञासालाई पनि संवोधन गर्नुभएको हो ।

 

कार्यक्रममा शिक्षक संगठन मनहरी पालिका अध्यक्ष रामहरी सुवेदी,साधुराम रिजाल, गाउँकमिटिका सम्पूर्ण पदाधिकारी लगायतकाको उपस्थिति रहेको शिक्षक संगठन मकवानपुर प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

 

विस्तारित बैठकले फाल्गुण अन्तिम सातासम्म सदस्यता अभिलेखीकरण गर्ने ,सदस्यता नवीकरण तथा अध्यावधिक गर्ने  र अधिवेशन सम्पन्न गर्ने बैठकको निर्णय गरेको हो ।