Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् २०७७ वैशाख ०८ गते को राशिफल

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख ०८ गते सोमवार ।  इ.सं. 2020 April 20 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलागा । प्रमादीउत्तरायण । वसन्त ऋृतु वैशाख कृष्णपक्ष तिथि त्रयोदशी , ०३:३६ बजे उप्रान्त चतुर्दशी । नक्षत्र पूर्वभाद्रपदा , ०८:१७ बजे उप्रान्त उत्तरभाद्रपदा । योग ऐन्द्र , २१:२० बजे उप्रान्त वैधृति । करण गर १४:३६ बजेदेखि वणिज , २७:३६ बजे उप्रान्त शकुनि । चन्द्रराशि मीन । आनन्दादी योग मुसल । दिनमान ३२ घडी १६ पला । सूर्योदय ०५: ३६ बजे । सूर्यास्त १८: ३१ बजे ।

Advertisement

पञ्चक। सोमप्रदोष व्रत। छन्द दिवस।

 तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

हिडडुल र यात्राबाट हानि हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।    

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज घर परिवार संग समय व्यतीत हुनेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सेवामूलक गतिविधिमा संलग्न हुनु पर्नेछ ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्य प्रति सजक रहनु पर्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्नेछ ।              

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् ।    

मीन (दि, दु, , , , दे, दो, चा, चि)

मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...