Comments Add Comment

मनाङ र मछिन्द्रको खेलमा झगडा गर्ने ६ खेलाडीलाई एन्फाको कारबाही

अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा जारी सहिद स्मारक एडिभिजन लिग अन्तर्गत गत सोमबार भएको मनाङ र मछिन्द्रबीचको खेलका क्रममा झगडा गर्ने ६ खेलाडीलाई कारबाही गरेको छ । एन्फाले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र गोलकिपर अशोक बराललाई ५–५ खेलको प्रतिबन्ध गरेको छ। झगडा गरेपछि रातो कार्ड पाएका बरालले थप एक खेलको प्रतिबन्ध झेल्नु पर्नेछ ।

यस्तै मनाङका फरवार्ड रञ्जन विष्ट २ खेलको प्रतिबन्धमा परेका छन्। मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई भने २–२ खेलको प्रतिबन्ध लगाइएको छ। जगजित र अशोकलाई हजार रुपैयाँ जरिवाना पनि गरिएको एन्फाले जनाएको छ । एन्फाको अनुशासन समितिले ६ जना खेलाडीलाई कारबाही गर्ने बिहीबार निर्णय गरेको हो। मनाङका किट्स व्यवस्थापक शिव लामालाई सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाइएको छ भने १० हजार रुपैयाँ जरिबाना गरिएको छ। यस्तै दुवै क्लबलाई ५०–५० हजार रुपैयाँ जरिबाना गर्ने पनि एन्फाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर