ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान चयन भएका छन्। पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको हो। 

ज्ञानेन्द्र यसअघि नेपाली टोलीको उपकप्तान रहेका थिए। पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका थिए। तर, उनले आइतबार मात्रै क्यानलाई मेलबाट औपचारिक राजीनामा पत्र बुझाएका थिए।