
काठमडौँ । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुन मायालु बोलको गीतको भिडियो रिलिज भएको छ। जसमा गायिका शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको छ। लोक पप शैलीमा तयार गरिएको भिडियोले राम्रो चर्चा कमाइरहेको छ।
भिडियोमा गायक गिरी स्वयम्कै अभिनय रहेको छ भने अभिनयमा गौरवलाई दीपा शाहीले साथ दिनुभएको छ।
गीतमा एरेन्ज केशव बडुको रहेको छ भने मिक्सिङ तथा मास्टरिगं श्याम श्वेत रसाइलीको रहेको छ। अनिल के मानन्धरको डिओपी रहेको भिडियोमा जयन्द्र कुँवरको छायांकन रहेको छ भने भिडियो निर्देशन पनि गायक गिरी स्वयमले गर्नुभएको छ।
निरज सापकोटाको सम्पादन रहेको भिडियोमा गौरव र दीपाका अलावा जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको अभिनय देख्न सकिन्छ। भिडियोमा श्याम कुँवरको कलर रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




