काठमाडौं। आगामी चैत २७ गतेबाट प्रदर्शन हुने फिल्म ‘राम नाम सत्य’ को प्रचारप्रसार सुरु भएको छ। निर्माण पक्षले मंगलबार फिल्मको पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक गरेको हो।

गायक बाबुल गिरी र गायिका रचना रिमालको स्वर रहेको उक्त गीतमा डा. डीआर उपाध्यायको शब्द रचना छ। बाबुल गिरीले नै गीतमा संगीत भरेका हुन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार बिराज भट्ट र सुपुष्पा भट्टलाई रोमान्टिक अंदाजमा प्रस्तुत गरिएको छ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा दुई कलाकार बीचको प्रेमभावलाई उतारिएको छ। फिल्ममा एक्सन, सस्पेन्स र प्रेमकथाको सम्मिश्रण रहेको जनाइएको छ।

माइकल चन्दको कथा, पटकथा तथा निर्देशन रहेको यस फिल्ममा बिराज र सुपुष्पाका साथै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापा लगायत कलाकारको अभिनय छ। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्मित फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू