यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



मुम्बई – बलिउड अभिनेता ऋतिक रोशनले करोडौंको लागतमा बन्ने एक हलिउड फिल्ममा अभिनय गर्ने सम्भावना बढेर गएको छ । हलिउडको एक फिल्म कम्पनीले ऋतिकलाई फिल्म अफर गरेको भारतीय मिडियाले लेखेका छन् ।

Advertisement
‘सुपर ३०’ र ‘वार’ को सफलतापछि ऋतिकको चर्चा थप चुलिएको छ ।
उक्त हलिउड फिल्मका ऋतिकलाई केही दृश्यबारे बताएर ऋतिकलाई फिल्मबारे प्रस्ताव गरिएको थियो । उनले ती दृश्यको छायांकन गरेर अडिसनको टेप पठाइदिएका छन् ।
फिल्ममा ऋतिकले एक जासुसको भूमिका निभाउने चर्चा छ । यसबारेमा थप जानकारी भने दिइएको छैन । किनकि, हलिउड कम्पनीले फिल्मका बारेमा धेरै खुलाउने गरेका छैनन् ।