भारतीय चर्चित गायिका लता मंगेस्करको निधन भएको खबर झुटो भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।मंगेस्करको स्वास्थ्य अवस्था स्थिर रहेको टाइम्स अफ हिन्दुस्तानले उल्लेख गरेको छ। मंगेस्करको निधनको खबर बाहिरिए संगै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको लर्को लागेको छ।

केही दिन अघि उनको फोक्सोमा संक्रमण देखिए पछि स्वासप्रस्वासमा समास्या आएको थियो। अवस्था जटिल भएपछि मुम्बाईको ब्रिच कैंडी अस्पतालमा उपचार भइरहेको छ। सन् १९२९ सेप्टेम्बरमा जन्मेकी भारत रत्न गायिका मंगेस्करको ९० वर्षको भएकी छन्।
उनले हजार बढी हिन्दी सिनेमा, भारतका विभिन्न ३६ भाषाका गीत र नेपाली, अंग्रेजी, बंगाली गरी दर्जन बढी विदेशी भाषाका गीत गाएकी छन्। लता मंगेस्करले नेपाली सिनेमा माइतीघरमा तत्कालिन राजा महेन्द्र शाहको शब्दमा, जयदेवको संगितमा जुन माटो मा मेरो बोलको गीत गाएकी छन्।

यता रेस्लर तथा हलिउड कलाकार ‘दि रक’ अर्थात डेभिन जोनसनको निधनको खबरले हंगामा मच्चाएको छ। उनको निधन भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको लर्को लागेको छ। तर उनको निधन नभएको भने नभएको पुष्टि भएको छ।लण्डनबाट सञ्चालित मेट्रो अनलार्यन पोर्टलले उक्त खबर झुटो भएको उल्लेख गरेको छ।







