
क्लासिक टेकले ग्राहकहरूको सुविधा र मागलाई मध्यनजर गर्दै नयाँ ‘१२ मा १२’ बोनस अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत ७५ एमबीपीएसको इन्टरनेट र आईपी टिभी सेवा मासिक ४३५ रुपैयाँमा उपलब्ध हुनेछ। यस योजना अन्तर्गत ग्राहकले १२ महिना शुल्क तिरेर थप १२ महिना सेवा निःशुल्क पाउनेछन्।
इन्टरनेटसँगै आईपी टिभीको सेवा लिन चाहने ग्राहकका लागि मासिक रु. २५० मा टिभी च्यानलहरूको सुविधा प्रदान गरिनेछ। साथै, ग्राहकहरूलाई राउटर र सेटटप बक्स निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।
यो अफर सीमित समयका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि ९८०१००६६३३ मा सम्पर्क गर्न वा कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गर्न सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




