Breaking
7 Dec 2024, Sat

कमेडी फिल्म ‘जन्ते बाख्रो’मा गरिमा शर्मा मुख्य अभिनेत्री

कमेडी फिल्म ‘जन्ते बाख्रो’ को शीर्ष अभिनेत्रीको रुपमा गरिमा शर्मा अनुबन्धित भएकी छन्। यो फिल्मलाई निर्देशक सिमोस सुनुवारले निर्देशन गर्नेछन्। गरिमा शर्मा यसअघि ‘लण्डन टु पेरिस’, ‘वर एण्ड वधु’, र ‘ह्रस्व दीर्घ’ मा काम गरिसकेकी भए पनि लिड एक्ट्रेसको रूपमा यो उनको पहिलो फिल्म हुनेछ।

फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका छन्। “जन्ते बाख्रो”को शीर्षक परम्परागत जन्ती भोजसँग सम्बन्धित छ, जहाँ बेहुली भित्राउने दिन जन्तीलाई खुवाइने भोजको कथा फिल्मको मुख्य विषयवस्तु हुनेछ।

फिल्ममा शीर्ष पुरुष भूमिकामा सौगात मल्ल र आसिफ शाह पनि अनुबन्धित छन्। मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्ममा निर्माता सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारकै लगानी छ। छायांकन हरि हुमागाईंले गर्नेछन्, जुन पुस १ गतेबाट सुरु हुने छ भने कार्यशाला मंसिर २० गतेबाट सुरु हुनेछ। फिल्मको प्रदर्शन जेठ महिनामा गर्ने लक्ष्य राखिएको छ।

यसले पारिवारिक मनोरञ्जनसँगै हास्यरस प्रदान गर्ने अपेक्षा गरिएको छ।

Ad
Ad