Image Source : Onlinekhabar.com

काठमाडौं : देशभर आज (शुक्रबार)देखि नयाँ भर्ना अभियान सुरू भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीले यो नयाँ भर्ना अभियान दुई हप्तासम्म सञ्चालन हुने जानकारी दिए।

आज २०८० को नव वर्ष पनि हो। सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि नयाँ नारा ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ ल्याएको छ। वैशाख १ गते सुरू भई चैत मसान्तसम्म शैक्षिक सत्र कायम भएको छ। 

सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइ सकिएर पनि ७ वटै प्रदेशमा पुस्तक पुर्‍याएर धमाधम अहिले सम्बन्धित ठाउँहरूमा बिक्रीवितरण भइरहेको बताए।